सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
४८ पटक हेरिएको
Shares
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ

सारांश

  • पक्राउ पर्नेमा भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साह रहेका छन्।
  • मलंगवा नगरपालिका-६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रुपैयाँ र २ हजार १ सय ४० भारतीय रुपैयाँसहित उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ सिटि २४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो।

 

१४ वैशाख, सर्लाही : 

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साह रहेका छन्। मलंगवा नगरपालिका-६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रुपैयाँ र २ हजार १ सय ४० भारतीय रुपैयाँसहित उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ सिटि २४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?