सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
१९७ पटक हेरिएको
Shares
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

सारांश

  • मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ ।
  •  मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो ।
  • स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको  थियो ।

२१ जेठ, काठमाडौँ ।

मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको  थियो । जसमध्ये ३५ हजार ८८३ जना कुपोषित, आठ हजार ७७१ जना शीघ्र कुपोषित र दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेका तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को मापदण्डअनुसार यो अवस्था सङ्कटपूर्ण मानिन्छ ।

मधेस प्रदेशमा कुपोषित तथा शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या ४४ हजार ६५४ पुगेको छ, जुन कूल परीक्षण गरिएका बालबालिकाको १५।७६ प्रतिशत हुन आउछ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताउनुभयो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशका प्रदेश सचिव डा प्रमोद यादवले कृषि उत्पादनमा सम्पन्न मानिने प्रदेशमा बाल कुपोषण उच्च हुनु चिन्ताको विषय भएको जानकारी दिनुभयो ।  करिब २९ प्रतिशत बालबालिका मधेस प्रदेशमा जन्मिने र नेपालको कूल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : सांसद खड्का
नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : सांसद खड्का
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
रास्वपाको बैठक लम्बियो, संसद् बैठक प्रभावित
रास्वपाको बैठक लम्बियो, संसद् बैठक प्रभावित
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
सेनाले निस्क्रिय पार्‍यो संखुवासभामा भेटिएको शंकास्पद वस्तु
सेनाले निस्क्रिय पार्‍यो संखुवासभामा भेटिएको शंकास्पद वस्तु
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु