सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
५३ पटक हेरिएको
Shares
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना

सारांश

  •   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।
  •  महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
  • कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

२१ असार, काठमाडौं । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। आज रातमा: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।  यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ। त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ। त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ। यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 
लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित
राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते