संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
२७ पटक हेरिएको
Shares
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत

सारांश

  • नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संसद्  पुनर्स्थापना गर्नेबारे आफूहरू सकरात्मक छलफलमा भएको बताएका छन्।
  • साइबर ब्युुरोमा बयान दिएपछि बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद्  पुनर्स्थापना भए जेजनीले उठाएका केही माग चुनावअघि नै पूरा गर्न सकिने समेत उल्लेख गरे।
  • ‘संसद्  पुनर्स्थापना भनेको बाँकी रहेको २ वर्ष पूूरा गर्ने भन्दा पनि जेनजीका मागलाई पूरा गरेर साझा सहमति बनाएर, सबै शक्तिको अस्तित्व स्वीकार गरेर सबैले स्वीकार गर्ने निष्पक्ष चुनाव गरेर सबै पक्षलाई समेटेर जान सक्ने अवस्था हुन्छ,’ बस्नेतले भने, ‘त्यसकारण संसद्  पुनर्स्थापनाका पक्षमा धेरै सकरात्मक हिसाबले छलफल गरिरहेका छौँ।

२२ असोज, काठमाडौं ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संसद्  पुनर्स्थापना गर्नेबारे आफूहरू सकरात्मक छलफलमा भएको बताएका छन्। साइबर ब्युुरोमा बयान दिएपछि बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद्  पुनर्स्थापना भए जेजनीले उठाएका केही माग चुनावअघि नै पूरा गर्न सकिने समेत उल्लेख गरे।

‘संसद्  पुनर्स्थापना भनेको बाँकी रहेको २ वर्ष पूूरा गर्ने भन्दा पनि जेनजीका मागलाई पूरा गरेर साझा सहमति बनाएर, सबै शक्तिको अस्तित्व स्वीकार गरेर सबैले स्वीकार गर्ने निष्पक्ष चुनाव गरेर सबै पक्षलाई समेटेर जान सक्ने अवस्था हुन्छ,’ बस्नेतले भने, ‘त्यसकारण संसद्  पुनर्स्थापनाका पक्षमा धेरै सकरात्मक हिसाबले छलफल गरिरहेका छौँ।’जेनजीहरूले चुनावअघि नै संविधान संशोधनको कुरा उठाइरहेको भन्दै त्यसलाई संसद् पुनर्स्थापना गरेर नै सम्बोधन गर्न सकिने दाबी गरे। ‘संसद्लाई खुलाएर जेजीनका कागहरू के के हुन, त्यसलाई सुत्रवद्ध गरेर पूरा गर्ने,’ बस्नेतले भने, ‘जस्तो संविधान संसोधनको कुरा आएको छ।

संसद् पुनर्स्थापना हुने माहोल बन्यो भने जेजनीका कतिपय मागहरू आउँदो चुनावअघि नै हामी पूरा गर्न सक्छौँ।’ कपिय पूर्वन्यायाधीश, वकिल र पार्टीका कानुनका जानकार नेताहरुले संसद् विघटनको प्रक्रिया असंवैधानिक रहेको धारणा राखेको समेत उनले जिकिर गरे। ‘हामीले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, वकिलहरू, पार्टीका कानुन क्षेत्रका नेताहरुसँग सल्लाह गरेका छौँ, सबैको सल्लाह के आएको छ भने यो संसद् विघटन गर्ने प्रक्रिया अवैधानिक छ,’ बस्नेतले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो
जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
बंगलादेशमा हिंसा : चार जनाको मृत्यु, गोपालगञ्जमा लगाइयो कर्फ्यू
बंगलादेशमा हिंसा : चार जनाको मृत्यु, गोपालगञ्जमा लगाइयो कर्फ्यू
धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त