एक सातामा धरहराबाट करिब १५ लाख राजस्व संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
२० पटक हेरिएको
Shares
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व संकलन

सारांश

  • विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ ।
  • यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो ।
  • कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए ।

१७ मंसिर,  काठमाडौं । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए । ‘९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’, उनले भने,’बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा पनि नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गर्न सकिएको छैन ।’

बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सयले धरहरा चढेर अवलोकन गर्ने अनुमान रहेको अर्यालले बताए । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम शुल्क लिई यही मङ्सिर ९ देखि धरहरा सञ्चालन भएको हो ।

त्यसअघि यही मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो । सहरी विकास मन्त्रालयको प्रस्तावअनुसार उक्त निर्णय भएको हो । यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ
गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ
महिला च्याम्पियनशिपको फाइनलमा नेपाल र म्यानमार मैदानमा
महिला च्याम्पियनशिपको फाइनलमा नेपाल र म्यानमार मैदानमा
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति