पाँच पूर्वमन्त्रीलाई पराजित गरेका तपेश्वर मन्त्री बन्ने चर्चामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ४, २०८२
|
|
७८ पटक हेरिएको
Shares
पाँच पूर्वमन्त्रीलाई पराजित गरेका तपेश्वर मन्त्री बन्ने चर्चामा

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा सिराहा–४ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तपेश्वर यादवको भूमिका अहिले फेरि चर्चामा आएको छ।
  • पाँच जना पूर्वमन्त्रीस्तरका शक्तिशाली उम्मेदवारलाई पराजित गर्दै उनले जित हासिल गरेपछि उनको राजनीतिक सक्रियता र नेतृत्वबारे चर्चा बढेको हो।
  • निर्वाचन परिणामअनुसार प्रतिस्पर्धी उम्मेदवारहरूको जमानतसमेत जफत हुने गरी मतान्तर आएको थियो।

४ फागुन, सिराहा।

प्रतिनिधिसभा निर्वाचनमा सिराहा–४ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तपेश्वर यादवको भूमिका अहिले फेरि चर्चामा आएको छ। पाँच जना पूर्वमन्त्रीस्तरका शक्तिशाली उम्मेदवारलाई पराजित गर्दै उनले जित हासिल गरेपछि उनको राजनीतिक सक्रियता र नेतृत्वबारे चर्चा बढेको हो। निर्वाचन परिणामअनुसार प्रतिस्पर्धी उम्मेदवारहरूको जमानतसमेत जफत हुने गरी मतान्तर आएको थियो।

यसलाई धेरैले मधेश प्रदेशमा नयाँ राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन्। लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहेको क्षेत्रमा आएको यो परिणामलाई परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ।  रास्वपा स्थापना भएदेखि नै तपेश्वर यादव मधेश प्रदेशमा संगठन निर्माणमा सक्रिय रहँदै आएका थिए। सीमित स्रोत–साधनका बीच उनले प्रदेशभर पार्टीको संरचना विस्तार गर्ने, युवालाई राजनीतिमा आकर्षित गर्ने तथा मधेशका मुद्दा राष्ट्रिय स्तरमा उठाउने काम गरेका थिए। सर्लाहीका जेनजी युवा सुनिल महतोका अनुसार मधेश प्रदेशमा रास्वपाको संगठन खडा गर्न यादवले महत्वपूर्ण भूमिका खेलेका छन्। “उहाँले निरन्तर मेहनत गरेर युवालाई राजनीतिमा जोड्ने काम गर्नुभएको छ,” उनले भने। पेशाले संरचना इन्जिनियर रहेका यादव भौतिक पूर्वाधार विकाससम्बन्धी विषयमा राम्रो ज्ञान र अनुभव राख्ने नेताका रूपमा चिनिन्छन्।

मधेश प्रदेशमा सडक, पुल, भवन, सिंचाइ र शहरी पूर्वाधार विकासका लागि प्राविधिक नेतृत्व आवश्यक रहेको स्थानीय युवाहरूको धारणा छ। अर्का जेनजी युवा मनोज यादवले आगामी मन्त्रिपरिषद् गठनमा तपेश्वर यादवलाई भौतिक पूर्वाधार वा विकाससँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइनु उपयुक्त हुने बताए। उनका अनुसार संगठन निर्माणमा मेहनत गर्ने नेतालाई जिम्मेवारी दिँदा पार्टीभित्र योगदानको सम्मान हुने र विकासको काम पनि प्रभावकारी हुने विश्वास गरिएको छ। राजनीतिक वृत्तमा पनि आगामी मन्त्रिपरिषद् गठनका क्रममा तपेश्वर यादवलाई समावेश गरेर उनको प्राविधिक अनुभव र नेतृत्व क्षमताको उपयोग गर्नुपर्ने चर्चा सुरु भएको छ। स्थानीयस्तरमा भने उनको जितलाई मधेशमा नयाँ राजनीतिक अभ्यासको सुरुवातका रूपमा हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरत ताल निर्माणमा गडबडी, मेयर भरतकुमार थापाविरुद्ध ३ मुद्दा
भरत ताल निर्माणमा गडबडी, मेयर भरतकुमार थापाविरुद्ध ३ मुद्दा
कांग्रेस बलियो भए मात्रै देश समृद्ध हुन्छ : देउवा
कांग्रेस बलियो भए मात्रै देश समृद्ध हुन्छ : देउवा
सर्लाहीको भरत तालमा मृ*त भेटिएकी किशोरीको खुल्यो पहिचान
सर्लाहीको भरत तालमा मृ*त भेटिएकी किशोरीको खुल्यो पहिचान
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु
जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति