कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक

सारांश

  • प्रतिनिधिसभाको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ ।
  • सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेको थियो ।
  • विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने कांग्रेस सांसदहरूको माग छ ।

२५ असार, काठमाडौं ।

प्रतिनिधिसभाको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ । सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेको थियो । विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने कांग्रेस सांसदहरूको माग छ ।

विधेयकमा संशोधन गर्ने कांग्रेस सांसदहरूले कार्यसूचीमा नराख्न दबाब दिएका थिए । आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा मामिला समितिको वार्षिक प्रतिवेदन,

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री किशोर साह सुडीले बालबालिका सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । साथै, सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट संशोधन सहित आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त
मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
 प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक
 प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु