सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
९५ पटक हेरिएको
Shares
सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीका चारवटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।
  • यससँगै रास्वपाले सप्तरी जिल्लामा ‘क्लिन स्विप’ गरेको छ।
  • निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पा चौधरी, क्षेत्र नम्बर २ मा रामजी यादव, क्षेत्र नम्बर ३ मा अमरकान्त चौधरी र क्षेत्र नम्बर ४ मा सीताराम साह फराकिलो मतान्तरले विजयी भएका हुन्।

२५ फागुन,काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीका चारवटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। यससँगै रास्वपाले सप्तरी जिल्लामा ‘क्लिन स्विप’ गरेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पा चौधरी, क्षेत्र नम्बर २ मा रामजी यादव, क्षेत्र नम्बर ३ मा अमरकान्त चौधरी र क्षेत्र नम्बर ४ मा सीताराम साह फराकिलो मतान्तरले विजयी भएका हुन्। सार्वजनिक मत परिणामअनुसार क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पा चौधरीले ३८ हजार १९५ मत ल्याई विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमित साहले सात हजार ८४७ मत प्राप्त गरे।

क्षेत्र नम्बर २ मा रास्वपाका रामजी यादवले २८ हजार ४०४ मत ल्याई निर्वाचित भ एभने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादवले १४ हजार २६३ मत प्राप्त गरे ।यस्तै,क्षेत्र नम्बर ३ मा रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत पाए ।त्यस्तै ,क्षेत्र नम्बर ४ मा रास्वपाका सीताराम साहले ३६ हजार ४१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो