Press 4K
मंगलबार, २३ भाद्र २०८३

जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
३० पटक हेरिएको
Shares
जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् ।
  • बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए ।
  • उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो ।

३० पुस, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो । सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सक्यौँ भने हामी नेपाली जनताको विश्वास जित्न सक्छौँ । सिंगो नेपालको एकताको एउटा अभियन्ता भएर अगाडि बढ्न सक्छौँ ।’ यस्तै, उनले पुराना दल र नेताप्रति नकारात्मक अभियान चलाइएको भन्दै त्यसको सामना गर्न पनि आवश्यक भएको बताए । मुलुकको संविधान, संघीयता र गणतन्त्र संकटमा परेको पनि उनको भनाई छ । उनले भने, ‘अहिले पनि मुलुकले संकटको सामना गरेको छ । यस्तो बेला मुलुकको संविधान र संघीयता के हुने हो, गणतन्त्रको अवस्था के हुने हो भन्ने चिन्ता व्याप्त थियो । अहिले पनि पुराना दल भनेर, पुराना नेता भनेर जसरी नकारात्मक अभियान चलाइएको छ । त्यसको पनि हामीले सामना गर्नुपर्ने आवश्यकता पर्छ । राम्रो र नराम्रोलाई एउटै ठाँउमा राख्ने, नेताहरु असल पनि हुन्छन् । त्यसकारण सबै नेता एउटै हुन् र सबै पार्टी उस्तै हुन् भन्ने जुन प्रचार भएको छ । यसको पनि जवाफ दिनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक
एमालेले आफ्ना सांसदलाई आकस्मिक बोलायो सिंहदरबारमा
एमालेले आफ्ना सांसदलाई आकस्मिक बोलायो सिंहदरबारमा
मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी
संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...