चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३४ पटक हेरिएको
Shares
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने

सारांश

  • चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ ।
  • बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।
  • चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेकाे छ ।

१५ वैशाख, काठमाडौं ।

चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो। चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेकाे छ । आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ । सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेकाे थियाे । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।

शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा सेवा बहिष्कार गरेका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरु स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्ता दिन सकिने भन्दै आएका छन् । त्यसो त यसअघि ३ वैशाखमा बसेको १८ औँ बैठकले १० दिन भित्र निजी मेडिकल कलेजका लागि दिईदै आएको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । तर तीन पटकसम्म बैठक बस्दा पनि अधिकांश कार्यदल सदस्यले १६औं बैठकले गरेका निर्णय कार्यान्वयन नभएसम्म छलफल अगाडि नबढाउने अडान राख्दै आएका छन् । आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने हो भने एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनुपर्ने निजी मेडिकल सञ्चाकलको माग छ । हाल निजी मेडिकल कलेजले एमबीबीएसको सय सिट पाइरहेका छन्, तर थप ५० सिट बढाउनका लागि चलखेल गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने
साउदीमा ९ महिनामै १३६ नेपाली कामदारको मृत्यु
साउदीमा ९ महिनामै १३६ नेपाली कामदारको मृत्यु
ललितपुरको अवैध कल सेन्टरबाट ५३ जना पक्राउ
ललितपुरको अवैध कल सेन्टरबाट ५३ जना पक्राउ
लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ५ जनाको मृत्यु, अमेरिकी नागरिक पनि मारिए
लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ५ जनाको मृत्यु, अमेरिकी नागरिक पनि मारिए
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ