Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
१२५ पटक हेरिएको
Shares
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ

सारांश

  • सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी तीनजना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरुमा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास छन् ।
  • उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

 

१३ फागुन, जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास छन् ।

उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ । मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएको थियो । कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी परेको थियो ।

 

सामूहिक बलात्कार आरोपका तीन जना र गाउँमै मिलाउन खोज्ने पाँच जना रहेका छन् । यद्यपि पूरक जाहेरी परेका मध्येबाट अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो । सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । जसमा पीडकबाट एक लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस