एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता

सारांश

  • समाजवादी मोर्चा निर्माणको कसरत हुँदै गर्दा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न च्यासल पुगेका छन्।
  • एमाले अध्यक्ष ओली र एकता अभियानका संयोजक गौतमबीच आइतबार एमाले मुख्यालयमा भेट भएको हो।
  • एमालेले ७० वर्षे उमेर हदल निलम्बन गरेपछि वामदेव एमालेमा फर्कन राजी छन्।

एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता

काठमाडौं। समाजवादी मोर्चा निर्माणको कसरत हुँदै गर्दा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न च्यासल पुगेका छन्। एमाले अध्यक्ष ओली र एकता अभियानका संयोजक गौतमबीच आइतबार एमाले मुख्यालयमा भेट भएको हो।

एमालेले ७० वर्षे उमेर हदल निलम्बन गरेपछि वामदेव एमालेमा फर्कन राजी छन्। आइतबार अध्यक्ष ओलीसँग भेटेपछि उनी झन् उत्साहित भएको र एमालेमा फर्किएर काम गर्न तयार रहेको बताएको नेताहरूले बताएका छन्। उनले अघिल्लो असार १४ गते नेकपा एकता राष्ट्रिय अभियानलाई पार्टीको रूप दिएका थिए।

अध्यक्ष ओलीले संसद् विघटन गरेपछि गौतमले २०७७ पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियानको थालनी गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?