प्रविधिमैत्री बन्दै कामपाका विद्यालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ६, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय

सारांश

  •   काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ ।
  • कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।
  • वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई वोर्ड हस्तान्तरण गर्नुभएको हो ।

६ वैशाख, काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ । कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई वोर्ड हस्तान्तरण गर्नुभएको हो । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट रु ४३ लाख ५९ हजार ५४० मूल्यमा सामान प्राप्त गरेको हो । बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भन्नुभयो, “पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन ।

यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे भन्नुपरो त्यसका लागि कामपा उपलब्ध गराउन तयार छ ।” उहाँले विद्यालयका लागि करिब रु ४० लाख लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताउनुभयो । वडाबाट गरिएको लगानीले विद्यालयलाई कामपाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि हो । वडाध्यक्ष तिवारीले अपेक्षा राख्नुभयो । शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा थियो ।

वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताउनुभयो । त्यस्तै कामपाले केही दिन अघिमात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरू गरेको थियो । कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो । कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब रु २० करोड विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
६ वटा संसदीय समितिको बैठक आज बस्दै
६ वटा संसदीय समितिको बैठक आज बस्दै
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री
कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह