पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
११० पटक हेरिएको
Shares
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार

सारांश

  • नेपाली सेनाले पाँचथरको फिदिम र इलामको सन्दकपुर गाउँपालिकाबाट ३ जना गर्भवतीको उद्धार गरेको छ ।
  • उद्धार गरिएकामा पाँचथरकी १ र इलामका २ जना छन् ।
  • सोमबार प्रसव पीडाले छटपटाइरहेकी पाँचथरको फिदिम नगरपालिका- १२ की निस्सा तुम्रोक, इलाम सन्दकपुर-१ छाँगेकी कमला राई र माबुकी विद्या राईको उद्धार गरिएको हो ।

२० असोज, पाँचथर ।

नेपाली सेनाले पाँचथरको फिदिम र इलामको सन्दकपुर गाउँपालिकाबाट ३ जना गर्भवतीको उद्धार गरेको छ । उद्धार गरिएकामा पाँचथरकी १ र इलामका २ जना छन् । सोमबार प्रसव पीडाले छटपटाइरहेकी पाँचथरको फिदिम नगरपालिका- १२ की निस्सा तुम्रोक, इलाम सन्दकपुर-१ छाँगेकी कमला राई र माबुकी विद्या राईको उद्धार गरिएको हो ।

उनीहरुलाई लामो समयदेखि सुत्केरी व्यथा लागिरहे पनि पहिरोका कारण बाटो अवरुद्ध हुँदा अस्पताल लैजान कठिनाइ भइरहेको थियो । सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी उनीहरुलाई झापास्थित बी एन्ड सी अस्पताल पुर्‍याइएको छ । नेपाली सेनाले पहिरो प्रभावित इलामका विभिन्न स्थानीय तहमा आइतबारदेखि निरन्तर उद्धारको काम गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...