आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सारांश

  • आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
  • जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ ।
  • बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल, मुलुकको समग्र आर्थिक प्रणालीमा राजश्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ ।

२६ मंसिर, काठमाडौँ ।

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल, मुलुकको समग्र आर्थिक प्रणालीमा राजश्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?