Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
४४ पटक हेरिएको
Shares
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

सारांश

  • हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् ।
  • काठमाडौंमा भदौ २४ मा भएको जेन-जी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका थुक्तेन ११ दिनदेखि बेपत्ता भएका हुन् ।
  • गत भदौ २३ गते जेन-जी प्रदर्शनमा सहभागी भएर लामा कोठा फिर्ता भएको बुबा टसी छिरिङले बताए ।

४ असोज, हुम्ला ।

हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौंमा भदौ २४ मा भएको जेन-जी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका थुक्तेन ११ दिनदेखि बेपत्ता भएका हुन् । गत भदौ २३ गते जेन-जी प्रदर्शनमा सहभागी भएर लामा कोठा फिर्ता भएको बुबा टसी छिरिङले बताए ।

होटेलमा काम गर्दै आएका लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठामा आएर प्रदर्शनमा गएका थिए । पछिल्लो दिनको जेन–जी प्रदर्शनमा गएको दिनदेखि लामा कोठा फिर्ता नभएको बुबा टसी छिरिङले बताए । एघार दिनसम्म काठमाडौंका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको बताइएको छ । बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताए । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उनले आग्रह गरे । उनका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।

हुम्लाको युवा जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गरेका छन् । समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए  । चौबीस वर्षका लामा नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भतिजोसँग बस्दै आएको उनका बुबाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन
जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने
चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि
चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
बेत्रावतीको एकै घरबाट निकालियो २४ शव
बेत्रावतीको एकै घरबाट निकालियो २४ शव