मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग

सारांश

  • साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति मागेको छ ।
  • असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो ।
  • उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको साइबर ब्युरोका एक जना अधिकृतले बताए ।

 

९ असोज , प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ ।

साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति मागेको छ । असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो । उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको साइबर ब्युरोका एक जना अधिकृतले बताए ।  प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको छ । युट्युब मार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला र अर्का एक नजा पुरुषको चरित्रहत्या गरेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?