बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास अवलोकन गरेका छन् ।
  • बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा पुगेर उनले निरीक्षण एवं क्षतिबारे जानकारी लिएका हुन् ।
  • गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा राष्ट्रपति पौडेलको घरमा आगजनी र तोडफोड भएको थियो ।

१७ कात्तिक, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास अवलोकन गरेका छन् । बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा पुगेर उनले निरीक्षण एवं क्षतिबारे जानकारी लिएका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा राष्ट्रपति पौडेलको घरमा आगजनी र तोडफोड भएको थियो ।

निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले विषम परिस्थितिमा राष्ट्रपति पौडेलले खेलेको भूमिकाको प्रशंसा गरे । राष्ट्रका लागि पौडेलको भूमिकाको चर्चा गर्दै उनले उनका निजी सम्पत्तिबारे राज्यले चासो राख्नुपर्ने बताए । ‘जुन अवस्थामा देश पुगेको थियो, त्यस्तो विषयम परिस्थितिबाट निकास दिनका लागि उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ,’ निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले भने, ‘उहाँको सम्पत्तिबारे राज्यले चासो राख्नु आवश्यक छ ।’ त्यस्तै, उनले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
युवाहरूलाई साथमा लिएर अघि बढ्छु : प्रचण्ड
युवाहरूलाई साथमा लिएर अघि बढ्छु : प्रचण्ड
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मार्तडीमा भीषण आगलागी, करोडौंको क्षति
मार्तडीमा भीषण आगलागी, करोडौंको क्षति