भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
५१ पटक हेरिएको
Shares
भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय

सारांश

  • सोही मुद्दामा इमरान खानकी श्रीमती बुशरा बीबीलाई सात वर्षको जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना सुनाएको छ।
  • अदालतले सरकारलाई अल-कादिर ट्रस्टको नियन्त्रण लिन पनि आदेश दिएको छ।
  • अदालतले उक्त सजाय सुनाउँदा इमरान खान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए।

 

४ माघ , इस्लामाबाद : अल-कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा इस्लामाबादको एक अदालतले पहिले नै जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय र १० लाख रुपैयाँ जरिवाना सुनाएको छ। सोही मुद्दामा इमरान खानकी श्रीमती बुशरा बीबीलाई सात वर्षको जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना सुनाएको छ। अदालतले सरकारलाई अल-कादिर ट्रस्टको नियन्त्रण लिन पनि आदेश दिएको छ।

अदालतले उक्त सजाय सुनाउँदा इमरान खान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए। इमरान खान र उनकी श्रीमती बुशरा बीबी विरुद्ध १९ करोड पाउन्ड वा अल-कादिर ट्रस्ट मुद्दा निजी आवास समाज बहरिया टाउनले अल-कादिर विश्वविद्यालयलाई ४५० कनाल (५६ एकड) भन्दा बढी जग्गा दान गरेको विषयसँग सम्बन्धित छ। पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबी अल-कादिर विश्वविद्यालयका ट्रस्टीहरूमध्ये पर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?