जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२२ पटक हेरिएको
Shares
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा

सारांश

  • आन्दोलनको आगो निभिसक्दासमेत विराटनगर महानगरपालिका आफ्नो नियमित प्रशासनिक तालमा फर्किन सकेको छैन ।
  • यही अव्यवस्थित अवस्थामै महानगरले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी भवनभित्र होइन, अस्थायी टेन्टभित्र बसेर सम्पन्न गर्यो।
  • अवस्था नयाँ होइन—जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनदेखि दर्जनभन्दा बढी वडासम्म आगजनी र तोडफोड भएपछि महानगरको दैनिकी केही महिनादेखि अस्थायी संरचनाभर टिकेको छ ।

३० कात्तिक, विराटनगर ।

आन्दोलनको आगो निभिसक्दासमेत विराटनगर महानगरपालिका आफ्नो नियमित प्रशासनिक तालमा फर्किन सकेको छैन । यही अव्यवस्थित अवस्थामै महानगरले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी भवनभित्र होइन, अस्थायी टेन्टभित्र बसेर सम्पन्न गर्यो। अवस्था नयाँ होइन—जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनदेखि दर्जनभन्दा बढी वडासम्म आगजनी र तोडफोड भएपछि महानगरको दैनिकी केही महिनादेखि अस्थायी संरचनाभर टिकेको छ ।

तर त्रैमासिक समीक्षा जस्तै नीति–निर्णयका बैठकसमेत टेन्टमा बस्नुपर्ने अवस्था भने अपवादस्वरूप देखिएको छ । समीक्षामा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल उपस्थित थिए । महानगरका विभिन्न महाशाखा प्रमुखहरूले ३ महिनाको कार्यप्रगति क्रमशः प्रस्तुत गरे। भवन अभावका कारण सामान्यतया ‘प्रोजेक्टर–पोडियम’ व्यवस्थामा चल्ने प्रस्तुति यसपटक प्लास्टिक कुर्चीदेखि क्यानोपीको छायासम्म सीमित थियो। यस अवधिमा महानगरले आन्तरिक स्रोतबाट करिब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

३५ नयाँ व्यवसाय दर्ता हुँदा उस्तै संख्यामा ३५ व्यवसाय खारेज भएका छन् । करिब ३ हजार ५५ व्यवसाय नविकरण भएका छन् । महाशाखा प्रमुखहरूको भनाइमा, ‘सेवा प्रवाह कठिन भए पनि राजस्व सञ्चालन स्थिर राखिएको’ छ । जेनजी आन्दोलनपछि वडा नं. १ देखि १२ र १९ सम्मका कार्यालयहरू क्षतिग्रस्त बनेका छन् । कतिपय वडामा कार्यलय पुनःस्थापना नभएकाले सेवाग्राहीहरू अस्थायी काउण्टरमा निर्भर रहनुपरेको छ । यही कारण महानगरले त्रैमासिक समीक्षा समेत टेन्टभित्र आयोजना गर्नुपरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
बरहथवा सरसफाई अभियान ५० औं हप्तामा
बरहथवा सरसफाई अभियान ५० औं हप्तामा
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर