Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा

सारांश

  • आन्दोलनको आगो निभिसक्दासमेत विराटनगर महानगरपालिका आफ्नो नियमित प्रशासनिक तालमा फर्किन सकेको छैन ।
  • यही अव्यवस्थित अवस्थामै महानगरले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी भवनभित्र होइन, अस्थायी टेन्टभित्र बसेर सम्पन्न गर्यो।
  • अवस्था नयाँ होइन—जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनदेखि दर्जनभन्दा बढी वडासम्म आगजनी र तोडफोड भएपछि महानगरको दैनिकी केही महिनादेखि अस्थायी संरचनाभर टिकेको छ ।

३० कात्तिक, विराटनगर ।

आन्दोलनको आगो निभिसक्दासमेत विराटनगर महानगरपालिका आफ्नो नियमित प्रशासनिक तालमा फर्किन सकेको छैन । यही अव्यवस्थित अवस्थामै महानगरले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी भवनभित्र होइन, अस्थायी टेन्टभित्र बसेर सम्पन्न गर्यो। अवस्था नयाँ होइन—जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनदेखि दर्जनभन्दा बढी वडासम्म आगजनी र तोडफोड भएपछि महानगरको दैनिकी केही महिनादेखि अस्थायी संरचनाभर टिकेको छ ।

तर त्रैमासिक समीक्षा जस्तै नीति–निर्णयका बैठकसमेत टेन्टमा बस्नुपर्ने अवस्था भने अपवादस्वरूप देखिएको छ । समीक्षामा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल उपस्थित थिए । महानगरका विभिन्न महाशाखा प्रमुखहरूले ३ महिनाको कार्यप्रगति क्रमशः प्रस्तुत गरे। भवन अभावका कारण सामान्यतया ‘प्रोजेक्टर–पोडियम’ व्यवस्थामा चल्ने प्रस्तुति यसपटक प्लास्टिक कुर्चीदेखि क्यानोपीको छायासम्म सीमित थियो। यस अवधिमा महानगरले आन्तरिक स्रोतबाट करिब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

३५ नयाँ व्यवसाय दर्ता हुँदा उस्तै संख्यामा ३५ व्यवसाय खारेज भएका छन् । करिब ३ हजार ५५ व्यवसाय नविकरण भएका छन् । महाशाखा प्रमुखहरूको भनाइमा, ‘सेवा प्रवाह कठिन भए पनि राजस्व सञ्चालन स्थिर राखिएको’ छ । जेनजी आन्दोलनपछि वडा नं. १ देखि १२ र १९ सम्मका कार्यालयहरू क्षतिग्रस्त बनेका छन् । कतिपय वडामा कार्यलय पुनःस्थापना नभएकाले सेवाग्राहीहरू अस्थायी काउण्टरमा निर्भर रहनुपरेको छ । यही कारण महानगरले त्रैमासिक समीक्षा समेत टेन्टभित्र आयोजना गर्नुपरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा
एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
अखिल क्रान्तिकारीको मतदान जारी
अखिल क्रान्तिकारीको मतदान जारी
राष्ट्रपति पौडेलद्वारा काठमाडौं उपत्यकाका नौ शक्तिपीठमा पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा काठमाडौं उपत्यकाका नौ शक्तिपीठमा पूजाअर्चना
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
इँटा उद्योगको चाङ खस्दा सर्लाहीमा तीन मजदुरको मृ*त्यु
इँटा उद्योगको चाङ खस्दा सर्लाहीमा तीन मजदुरको मृ*त्यु