अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
६२ पटक हेरिएको
Shares
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो

सारांश

  • उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.
  • ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
  • भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् ।

१८ कात्तिक,  काठमाडौं ।

उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् । समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोलमिटरको गहिराइमा गएको थियो ।

कम्पनका कारण बाल्ख, समानगन, सार–ए–पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । काबुल र उत्तरको प्रमुख शहर मजार–ए–शरीफको बीचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । त्यहाँका अधिकांश घरहरू माटो–इँटाले बनेका कम तल्लाका संरचना भएकाले धेरै घरहरू भत्किएका छन् । धेरै नागरिकहरू भग्नावशेषमा पुरिएका छन् । भूकम्पमा आफ्नो घरसँगै बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले आफूहरूको अवस्था एकदम नाजुक रहेको बताए । “राति करिब १ बजेतिर भूकम्प गएपछि म बाहिर निस्किन भ्याएँ तर मेरी बुहारी ज्यान जोगाउन सकिन् ।

उनी गर्भवती थिइन, बिहे भएको १० महिना मात्र भएको थियो । सबै नष्ट भयो, अब जान पनि कहीँ छैन, घर बनाउन पनि केही छैन,” उनले भावुक हुँदै भने ।चाइना मिडिया ग्रुपका पत्रकारहरूले खिचेका दृश्यहरूमा काबुल–मजार राजमार्गमा ठूलाठूला चट्टान र भग्नावशेषले सडक अवरुद्ध भएको देखिन्छ । कतिपय सवारी साधन पुरिएका छन् र धेरै यात्रुहरू बीचमै अलपत्र परेका छन् । अफगान स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार आकस्मिक उद्धार टोली प्रभावित क्षेत्रहरूमा पुगिसकेका छन् । क्षेत्रभरका अस्पताललाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।

भूकम्पका घाइते मध्येका नुर मोहम्मदले उपचार भइरहेका अस्पतालबाट भने, “भूकम्प आउँदा म दोस्रो तलाबाट खसेर भुइँतलामा आएँ ।” अफगानिस्तान युरेसियन र भारतीय प्लेटको ठोक्किने क्षेत्र नजिक रहेको हुँदा विश्वकै उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमध्ये एक हो । यसअघि पनि यस वर्ष, अगस्ट ३१ मा अफगानिस्तानको पूर्वी भागमा ६.० म्याग्निच्युडको भूकम्प जाँदा २,२०० भन्दा बढीको मृत्यु भएको थियो । उथलो केन्द्र र पहाडी भू–भागका कारण ठूलो धनजन क्षति भएको थियो । सन् २०२३ को अक्टोबरमा उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पहरूले समेत हजारौँको ज्यान लिएको इतिहास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा
सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा
प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन
प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
राजेन्द्र महतो, अशोक राई र रेशम चौधरीको एउटै चुनाव चिह्न
राजेन्द्र महतो, अशोक राई र रेशम चौधरीको एउटै चुनाव चिह्न
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो
महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो