सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा

सारांश

  • कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ ।
  • सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।
  • कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो ।

२१ चैत,  काठमाडौं ।

कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।

कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो । कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाकोे ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि वितरण गर्ने गरेको छ । बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्तालाई चालु आर्थिक वर्षमा सञ्चित रकममा पाँच दशमलव ५० प्रतिशतका दरले व्याज प्रदान गरिरहेको छभने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताले कोषबाट छ दशमलव ६० प्रतिशत व्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध
देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक