तासको खालमा प्रहरी पुग्दा भागदौड, एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
२८५ पटक हेरिएको
Shares
तासको खालमा प्रहरी पुग्दा भागदौड, एक जनाको मृ*त्यु

सारांश

  •   तास खेलिरहेको स्थानबाट प्रहरीले पक्राउ गरेका एक जनाको मृत्यु भएको छ ।
  • एक जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।
  • सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका– ६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागाभग भएको थियो ।

१३ असोज, विराटनगर ।  तास खेलिरहेको स्थानबाट प्रहरीले पक्राउ गरेका एक जनाको मृत्यु भएको छ । एक जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका– ६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागाभग भएको थियो ।सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान मृत्यु भएको हो । दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको भने दाहिने खुट्टा भाँच्चिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार सोमबार राति तास खेलिरहेको स्थानबाट ८ जना पक्राउ परेका थिए । प्रहरीको गस्ती टोली पुगेपछि तास खेलिरहेका व्यक्तिहरूको भागाभाग हुँदा  कोइराला सामान्य घाइते भएका थिए ।

पक्राउ परेपछि स्वास्थ्य जाँच गर्दा अवस्था सामान्य देखिएपछि सोमबार राति कोइरालासहित सात जनालाई हिरासतमा ल्याएर राखिएको मिश्रले जानकारी दिए । खुट्टा भाँच्चिएका घाइतेको भने श्री अस्पतालमा उपचार भइरहेको छ ।

हिरासतमा रहेका अन्य सात जनासँगै रहेका कोइराला मंगलबार बिहान करिब साढे ७ बजे अचेत अवस्थामा भेटिएका थिए । पक्राउ परेका अन्यले उठाउन खोज्दा नउठेपछि प्रहरीले उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।

कोशीमा उपचार हुन नसकेपछि उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा चिकित्सकले मंगलबार करिब ११ बजे मृत घोषित गरेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मिश्रका अनुसार उनको शव नोबेल अस्पतालमै छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको थियो । उनको मृत्युको कारण भने तत्काल खुल्न बाँकी रहेको मिश्रले बताए ।

सोमबार राति प्रहरीको गस्ती टोलीलाई देखेपछि तास खेलिरहेका व्यक्तिहरूको भागभाग भएको थियो । सुरुमा प्रहरीलाई त्यहाँ तास खेलिरहेको जानकारी थिएन । प्रहरी पुगेपछि दुई तलामाथिबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको थियो । उनी एम्बुलेन्स चालक हुन् ।

पासवानको घरबाट प्रहरीले मृतक कोइराला र घाइते मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध