आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

सारांश

  •   आन्दोलनरत शिक्षक र  सरकारबीच भएको वार्ता निष्कर्षविहीन भएको छ।
  • बिहीबार बिहान सिंहदरबारस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा सरकार पक्ष र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भएको थियो।
  • करिब १ घण्टा लामो छलफल भएपनि दुवै पक्षबीच सहमति जुट्न नसक्दा वार्ता निष्कर्षविहीन बनेको वार्तामा सहभागी एकजना शिक्षकले बताए।

४ असोज, काठमाडौं।  आन्दोलनरत शिक्षक र  सरकारबीच भएको वार्ता निष्कर्षविहीन भएको छ।

बिहीबार बिहान सिंहदरबारस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा सरकार पक्ष र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भएको थियो। करिब १ घण्टा लामो छलफल भएपनि दुवै पक्षबीच सहमति जुट्न नसक्दा वार्ता निष्कर्षविहीन बनेको वार्तामा सहभागी एकजना शिक्षकले बताए। उनले आफूहरूले अघि सारेका मागहरू सम्बोधन नभएसम्म  आन्दोलन जारी राख्ने बताए।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी छन्। यस्तै आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघ,नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी थिए। वार्ताका क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकहरूका जायज माग सम्बोधन हुने र विद्यालय बन्द नगर्न आग्रह गरेका थिए। यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरू वार्तामा बस्न मानेका थिएनन्।

बुधबार दिनभरजसो आन्दोलित बनेका शिक्षकहरू आज सरकारसँग वार्तामा बसेका हुन्। सरकारले संसद्मा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन्। उनीहरू विद्यालय  बन्द गरेर राजधानी केन्द्रित भएर आन्दोलित भएका छन्। महासंघले दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुनेलगायत प्रावधानहरूमा पनि उनीहरूको असन्तुष्टि छ। यससँगै सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने प्रावधान संशोधन गर्नुपर्ने महासंघले अडान राखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?