मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ

सारांश

  • पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ ।
  • पाण्डेको हत्याका अभियोगमा साहलाई पक्राउ गरी तस्बिर समेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
  • हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो ।

 

१४ भदौ , प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बविसिं साहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा साहलाई पक्राउ गरी तस्बिर समेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ । हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ ।त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात् निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए । प्रहरीले बुधबार मात्र शङ्कास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध साहलाई गिरफ्तार गर्न सफल भएका थिए । नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?