प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
६७ पटक हेरिएको
Shares
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै

सारांश

  •   प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न ४४ देशका राजदूत सँग छलफल गर्ने भएकी छन् ।
  • दिउँसो ४ बजे ४४ देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक लगानी, पर्यटक आगमनमा आएको कमी लगायतका विषयमा प्रधानमन्त्रीले छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२२ असोज, काठमाडौं । 

प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न ४४ देशका राजदूत सँग छलफल गर्ने भएकी छन् । दिउँसो ४ बजे ४४ देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक लगानी, पर्यटक आगमनमा आएको कमी लगायतका विषयमा प्रधानमन्त्रीले छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालिरहेकी कार्कीले छलफलपछि आवश्यक निर्देशन दिने बताइएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीले पछिल्ला नीतिगत चुनौती र अवसरका विषयमा राजदूतहरूबाट प्रत्यक्ष प्रतिक्रिया लिने तयारी रहेको छ । हाल जेनजी आन्दोलन पश्चात् विभिन्न देशले भिजिट भिसामा कडाइ गरेको पृष्ठभूमिमा, प्रधानमन्त्रीले कूटनीतिक समन्वय र वैदेशिक सम्बन्ध सुदृढीकरणका विषयमा विशेष ध्यान दिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?