Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २०, २०८१
|
|
६५ पटक हेरिएको
Shares
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला

सारांश

  • सडेगलेको अवस्थामा बाघ फेला परेको हो।
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब  १३ वर्ष उमेरको रहेको छ।
  •   ‘अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,’ उनले भने।

 

२० माघ,  बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ। सडेगलेको अवस्थामा बाघ फेला परेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब  १३ वर्ष उमेरको रहेको छ।

 

‘अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,’ उनले भने। खरमा आगो लाग्दा बाघको शरीरको आधा भाग जलेको उनले बताए। झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएका थिए। समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?