मोरङ सीडीओ कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द, अदालतले दशैंपछि मुद्दा हेर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
६५ पटक हेरिएको
Shares
मोरङ सीडीओ कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द, अदालतले दशैंपछि मुद्दा हेर्ने

सारांश

  • जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
  • प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अर्काे अनिश्चिनकालका लागि बन्द गरेको हो ।
  • जसले गर्दा नागरिकता, राहधानी र राष्ट्रीय परिचय पत्र बनाउनु पर्ने सेवाग्राही मार्कामा परेका छन् ।

२९ भदौ, विराटनगर ।

जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अर्काे अनिश्चिनकालका लागि बन्द गरेको हो ।

जसले गर्दा नागरिकता, राहधानी र राष्ट्रीय परिचय पत्र बनाउनु पर्ने सेवाग्राही मार्कामा परेका छन् । अराजक समूहले आगजनी गर्दा प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । अन्य महत्त्वपूर्ण कागजात र उपकरणहरु पनि जलेर खरानी भएको छ । तत्काल सेवा प्रवाह गर्न नसक्ने भएका कारण अर्काे सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी  सरोज कोइरालाले  जानकारी दिए । कम्प्युटर प्रिन्टर जलेका कारण उनले आइतबार हस्तलिखित सूचना जारी गरे ।

अदालत असोज २० गतेसम्म बन्द

जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ असोज २० गतेबाट गर्नेछ । आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवाह गर्ने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतले सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप, पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुर्जी  र थुनछेक बहस गर्नेछ । मुद्दाको सुनुवाइ असोज २० गतेपछि हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु
क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु
निजामती विधेयकको प्रतिवेदन तयार
निजामती विधेयकको प्रतिवेदन तयार
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन
संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर
प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
नगर कार्यपालिकाको कार्यालय हरिपुर सर्लाहीको सार्वजनिक अनुरोध !!!
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित