मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १४, २०८१
|
|
३० पटक हेरिएको
Shares
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता

सारांश

  • सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पेस भएको रिट निवेदन दर्ता गरिएको छ ।
  • सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिर गर्दै अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको थियो ।
  • न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।

१४ जेठ, काठमाडौँ। सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पेस भएको रिट निवेदन दर्ता गरिएको छ ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिर गर्दै अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको थियो । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।

उक्त रिट निवेदनमाथि यही जेठ १६ गते सुनुवाइका लागि पेशी तोकिएको छ । रिट निवेदनमा सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको मागसमेत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
पर्साबाट  एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
पर्साबाट एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते
एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित