बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
१४९ पटक हेरिएको
Shares
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

सारांश

  • बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ ।
  • प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
  • प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

 

१२ जेठ, हेटौंडा ।

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने विशेष बैठकका लागि प्रदेशसभा सदस्यहरूलाई बैठक प्रारम्भ हुनुभन्दा १५ मिनेटअघि नै औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।

यसअघि मंगलबार अपराह्न बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्बाट पारित भएपछि उक्त नीति तथा कार्यक्रम प्रदेश प्रमुखमार्फत प्रदेशसभामा प्रस्तुत गर्न लागिएको हो । प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखिएको अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक भएपछि त्यसमाथि प्रदेशसभामा छलफल हुने र त्यसका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढ्नेछ । बागमती प्रदेश सरकारको आगामी वर्षको विकास रणनीति, प्राथमिकता तथा कार्यक्रमहरूको मार्ग निर्देशक दस्ताबेजका रूपमा रहने नीति तथा कार्यक्रमप्रति प्रदेशसभा सदस्य, राजनीतिक दल तथा सरोकारवाला निकायको विशेष चासो रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले पाकिस्तानलाई हराएपछि मोदीले लेखे – अपरेशन सिन्दूर खेल मैदानमा
भारतले पाकिस्तानलाई हराएपछि मोदीले लेखे – अपरेशन सिन्दूर खेल मैदानमा
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित 
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित 
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
दसैँका लागि भदौ २९ गतेदेखि नयाँ नोट साटिने
दसैँका लागि भदौ २९ गतेदेखि नयाँ नोट साटिने
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
संसद्‍मा अनिवार्य उपस्थितिका लागि रास्वपाले बनायो तालिका
संसद्‍मा अनिवार्य उपस्थितिका लागि रास्वपाले बनायो तालिका