कसैको घरलाई निसाना बनाउनु समाधान होइन : गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
२८ पटक हेरिएको
Shares
कसैको घरलाई निसाना बनाउनु समाधान होइन : गुरुङ

सारांश

  • हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान नभएको बताएका छन् ।
  • यस्ता कार्यले देशलाई अझै ठूलो क्षति पुर्‍याउन सक्ने उनले उल्लेख गरेका छन् ।
  • “मलाई थाहा छ, अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ ।

११ असोज, काठमाडौं ।

हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान नभएको बताएका छन् । यस्ता कार्यले देशलाई अझै ठूलो क्षति पुर्‍याउन सक्ने उनले उल्लेख गरेका छन् । “मलाई थाहा छ, अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ । तर, हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान होइन,” उनले शनिबार (असोज ११) सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्‍याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन् ।”

देशमा निर्वाचनको मिति तोकिएको र त्यो नै युवाको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएकामा उनले जोड दिएका थिए । “त्यसैले शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ,” उनले भनेका छन् । जेनजीको आन्दोलन घृणाको नभई आशाको भएको उनले स्पष्ट पारेका छन् । शान्त र दृढ रहन उनले आग्रह गरेका छन् । “हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन । निर्माणको हो, विनाशको होइन,” उनले लेखेका छन्, “सम्पूर्ण देशलाई देखाऔँ कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ । शान्त रहौँ, दृढ रहौँ, जय देश ।” गएको भदौ २३ र २४ गते जेनजी आन्दोलन र त्यसपछि अन्तरिम सरकार गठनका क्रममा हामी नेपाल अगाडि देखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चारको मृत्यु, दुई जना घाइते
ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चारको मृत्यु, दुई जना घाइते
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
नेपाल बैंकले कर्जा उठाउन ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्दै
नेपाल बैंकले कर्जा उठाउन ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्दै
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने
एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने