जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
१९ पटक हेरिएको
Shares
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार

सारांश

  • जनकपुरधाममा शुक्रबार राति दशैंको उपलक्ष्यमा लागेको मेलामा झुला भाँचिएर फँसेका ५६ जनाको उद्धार गरिएको छ ।
  • जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा प्रत्येक वर्ष लाग्ने मेलामा रहेको झुला भाँचिएर ५६ जना फँसेका थिए ।
  • उनीहरुलाई नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीलगायत स्थानीय क्लब र युवाहरुको सहयोगमा उद्धार गरिएको छ ।

११ असोज, जनकपुर ।

जनकपुरधाममा शुक्रबार राति दशैंको उपलक्ष्यमा लागेको मेलामा झुला भाँचिएर फँसेका ५६ जनाको उद्धार गरिएको छ । जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा प्रत्येक वर्ष लाग्ने मेलामा रहेको झुला भाँचिएर ५६ जना फँसेका थिए ।
उनीहरुलाई नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीलगायत स्थानीय क्लब र युवाहरुको सहयोगमा उद्धार गरिएको छ । करिब पाँच घण्टासम्म चलेको उद्धार कार्यमा निर्माणस्थलमा प्रयोग हुने क्रेन प्रयोग गरी नेपाली सेनाले फँसेका ५६ जनाको उद्धार गर्न सफल भएका थिए । उद्धार कार्य राति१२ बजेसम्म चलेको थियो ।

उद्धार गरिएकोमा २० जना महिला र ३६ जना पुरुष रहेका थिए । झुला भाँचिएर ५६ जना फँसेपछि राजदेवी मन्दिरमा हुने भनिएको हिजो र आजका कार्यक्रमहरु स्थगित गरिएको छ । भाँचिएको झुलुवालाई खोल्ने र पुनः सुचारु नगरिने निर्णय गरिएको आयोजक महावीर युवा कमिटिले जानकारी दिएको छ । प्रांगणमा रहेका अन्य स–साना झुलालगायत मनोरञ्जनका ट्रेन, ब्रेक डान्स, स्प्रिङ पनि बन्द गर्ने कि सुचारु गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको कमिटिले जनाएको छ । आयोजक कमिटिले प्रत्येक वर्ष लाखौं रुपैयाँ ठेक्का लगाएर मेला लगाउने गरेको छ । तर पहिलो पटक यस किसिमको घटना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?