प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सारांश

  •   सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
  • आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री लक्ष्मणकिशोर चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने, सरकारले जथाभावि गरेका नियुक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले प्रदेश सभाको बैठकमा विरोध जनाएका छन् ।
  • बैठक अवरोधसँगै प्रतिपक्षी दलको तर्फबाट धारणा राखेकी राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले नियम विपरीत सेवा सुविधा लिने, राजनीतिक नियुक्ति, सुशासन प्रवर्द्धन तथा खर्च कटौतीका विषयमा पटक–पटक सरकारको जवाफ मागेको बताइन् तर सरकारले सदन सत्तापक्षको मात्र भएको प्रतिपक्षको नभएको जस्तो व्यवहार गरेर कुरा नसुनेको बताइन् ।

१७ चैत, धनगढी । 

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री लक्ष्मणकिशोर चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने, सरकारले जथाभावि गरेका नियुक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले प्रदेश सभाको बैठकमा विरोध जनाएका छन् ।

बैठक अवरोधसँगै प्रतिपक्षी दलको तर्फबाट धारणा राखेकी राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले नियम विपरीत सेवा सुविधा लिने, राजनीतिक नियुक्ति, सुशासन प्रवर्द्धन तथा खर्च कटौतीका विषयमा पटक–पटक सरकारको जवाफ मागेको बताइन् तर सरकारले सदन सत्तापक्षको मात्र भएको प्रतिपक्षको नभएको जस्तो व्यवहार गरेर कुरा नसुनेको बताइन् । त्यसैले सरकारले यथाशिघ्र ती विषयमा जवाफ दिनुपर्ने उनको भनाई थियो ।

प्रदेशका पूर्वमुख्यमन्त्रीसहितका सांसद भारतको उत्तराखण्ड पुगेर त्यहाँका मुख्यमन्त्रीसँग छलफल गरेर फर्किएको विषयमा समेत सरकारको धारणा माग गरिएको छ । सम्बन्धित प्रदेश सभा सदस्यले परराष्ट्र मन्त्रालयबाट वैदेशिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिए/नलिएको कुरा प्रष्ट पार्नुपर्ने प्रतिपक्षी दलको माग रहेको छ । मन्त्री मुछिएको अडियो प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरिएको छ ।प्रतिपक्षीको अवरोधपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित गायक प्रशान्त तामाङको निधन
चर्चित गायक प्रशान्त तामाङको निधन
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने
आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
विद्युत् प्राधिकरणले लगातार तेस्रोपटक पायो ‘डबल ए प्लस’ रेटिङ
विद्युत् प्राधिकरणले लगातार तेस्रोपटक पायो ‘डबल ए प्लस’ रेटिङ
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्‍बाट पारित हुन्छ : प्रधानमन्त्री
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्‍बाट पारित हुन्छ : प्रधानमन्त्री
बन्नेभयो चलचित्र ‘द ब्ल्यू लाइट’
बन्नेभयो चलचित्र ‘द ब्ल्यू लाइट’
बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो
बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो