Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र

सारांश

  • अनुसन्धानका लागि पठाएका सहकारीहरुमध्ये ६ वटा वचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् ।
  • यसमा बचत तथा ऋणतर्फ सुमेरु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महावौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।
  • यस्तै वहुउद्देश्यीय सहकारीमा आधारभूत वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ ।

 

२० भदौ , काठमाडौं महानगरपालिकाले ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको छ ।

अनुसन्धानका लागि पठाएका सहकारीहरुमध्ये ६ वटा वचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् । यसमा बचत तथा ऋणतर्फ सुमेरु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महावौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । यस्तै वहुउद्देश्यीय सहकारीमा आधारभूत वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ । बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धानका लागि अनुसन्धान व्युरोमा पठाइएको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए । काफ्लेका अनुसार सञ्चालनमा भएका सहकारीहरुमा स्वनियमको पालना, लोकतान्त्रिक नियन्त्रण प्रणाली, एकाधिकार, लगानीका क्षेत्र, सिद्धान्तको अनुसरण जस्ता पक्षमा कमजोरी देखिएको छ ।
उद्देश्य विपरीत लगानी, क्षेत्राधिकार बाहिरको बचत स्वीकार तथा लगानी, सदस्यभन्दा बाहिरको लगानी, एकाघर व्यक्ति वा एक व्यक्ति नियम विपरीत सञ्चालक भएको पाइएको छ । २०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म गरिएको अनुगमन र त्यसका आधारमा तयार पारिएको प्रतिवेदनले यो अवस्था देखाएको महानगरले बताएको छ । अनुगमन गरिएकामध्ये एउटाको कार्य क्षेत्र प्रदेश देखिएकोले सक्कल फाइल प्रदेश सरकारलाई पठाइएको छ । सहकारी नियमन महाशाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव सुशिल सुवेदी भने, ‘अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ३२ वटा सहकारी संस्थाहरुलाई स्पष्टिकरण सोधिएको थियो । सबैले सफाइ पेश गरेका छन् । यसरी पेश गरिएका पत्रहरुको अध्ययन गरेर कारवाहीका विषयमा निर्णय लिन्छौँ ।’

काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गम्भीर्यता हेरी अधिकतम ५ लाख रुपैयाँसम्म जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले २०७४ साउन १ गते निर्णय ग¥यो । त्यसअनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हन्तारन्तरण भएर आयो । हस्तान्तरण हुनु अघि नै अर्थात् २०७४ सालमा नै काठमाडौं महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो । हस्तान्तरण भएर आएका र नयाँ दर्ता भएका गरी महानगरपालिकाभित्र १ हजार ९२२ वटा सहकारी संस्था महानगरपालिकाको नियमन क्षेत्राधिकार भित्र छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज एकै दिन ७ हजार ९ सयले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?
आज एकै दिन ७ हजार ९ सयले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्