सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
४४ पटक हेरिएको
Shares
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता

सारांश

  •   फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् ।
  • जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो ।
  • अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरू समावेश छन् ।

१३ फागुन,बाजुरा । 

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरू समावेश छन् । अस्थायी मतदाताका लागि जिल्लामा एक मात्र मतदान केन्द्र तोकिएको छ । सदरमुकाम मार्तडी स्थित डिभिजन वन कार्यालयमा उक्त केन्द्र रहने भएको छ।अस्थायी मतदाताले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मात्र मत हाल्न पाउनेछन् ।

 

प्रत्यक्ष तर्फका उम्मेदवारलाई मतदान गर्न नपाइने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी–सुरक्षाकर्मी, सरकारको स्वीकृतिमा सञ्चालित वृद्धाश्रममा रहेका व्यक्ति तथा आयोगले तोकेका अन्य व्यक्तिहरूको नाम समावेश हुने व्यवस्था छ । बाजुरामा प्रतिनिधि सभा निर्वाचनको तयारीमा लगभग पूरा भएको छ। बाजुरामा करिब ७ सय बढी निर्वाचन कर्मचारी खटाइएको छ । बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जसमा ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशील र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। बाजुरामा एक स्वतन्त्र सहित ७ दलका उम्मेदवार चुनावी मैदानमा छन् मुख्य गरी कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
तीन सीडीओको सरुवा, को कहाँ ?
तीन सीडीओको सरुवा, को कहाँ ?
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
कक्षा १२ को परीक्षाफल सार्वजनिक
कक्षा १२ को परीक्षाफल सार्वजनिक
सुमनाले छोडिन् रास्वपा
सुमनाले छोडिन् रास्वपा