विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने

सारांश

  •   चीनले अन्तरिक्षमा एआईमा आधारित सुपर कम्प्युटर सञ्जाल निर्माणको काम सुरु गरेको छ ।
  • चीनले हालै १२ ओटा स्याटलाइट प्रक्षेपण गरी सुपर कम्प्युटर निर्माणको काम सुरु गरेको हो ।
  •  स्पेस न्युजका अनुसार यो परियोजना अन्तर्गत चीनले २८०० स्याटलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ ।

५ जेठ, चीन। 

चीनले अन्तरिक्षमा एआईमा आधारित सुपर कम्प्युटर सञ्जाल निर्माणको काम सुरु गरेको छ । चीनले हालै १२ ओटा स्याटलाइट प्रक्षेपण गरी सुपर कम्प्युटर निर्माणको काम सुरु गरेको हो । स्पेस न्युजका अनुसार यो परियोजना अन्तर्गत चीनले २८०० स्याटलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । त्यसका लागि पहिलो चरणमा १२ ओटा स्याटलाइट अन्तरिक्षमा पठाइएको हो ।

चीनको एडीए स्पेस, झिजियाङ प्रयोगशाला र नेइजाङ हाई-टेक जोनले निर्माण गरेका ती स्टाटलाइट पृथ्वीमा डेटा पठाएर प्रशोधन नगरी आफैले सङ्कलन गरेका डेटा प्रशोधन गर्नेछन् । यो परियोजना एडीए स्पेसको ‘स्टार कम्प्युट’ कार्यक्रमको हिस्सा हो भने यसलाई ‘थ्री-बडी कम्प्युटिङ कन्स्टेलेसन’ को पहिलो चरण भनिएको छ । प्रक्षेपण गरिएका १२ ओटै स्याटलाइटमा ८ अर्ब पारामिटरको एआई मोडेल जडान गरिएको छ । यसले गर्दा प्रत्येक स्याटलाइटले प्रति सेकेन्ड ७४४ टेरा अपरेसन गर्न सक्छन् । सामूहिक रूपमा यी १२ स्याटलाइटले प्रति सेकेन्ड ५ पेटा अपरेसन गर्न सक्ने एडीए स्पेसको दाबी छ । यो भनेको माइक्रोसफ्ट कोपाइलट पीसीका लागि आवश्यक ४० टीओपीएसभन्दा निकै बढी हो ।

चिनियाँ सरकारका अनुसार यस सञ्जालको अन्तिम लक्ष्य हजारौं स्याटलाइटमार्फत एक हजार पीओपीएस क्षमता हासिल गर्नु हो ।‘स्पेस न्युज’का अनुसार यी स्याटलाइटले लेजरको माध्यमबाट प्रति सेकेन्ड १०० गिगाबिटसम्मको गतिमा एकअर्कासँग सञ्चार गर्छन् । साथै तिनीहरूबिच ३० टेराबाइटको शेयर्ड स्टोरेज क्षमता रहेको छ । गत हप्ता प्रक्षेपण गरिएका यी स्याटलाइटमा वैज्ञानिक उपकरण पनि जडान गरिएका छन् । त्यसमा गामा-रे विस्फोट जस्ता सङ्क्षिप्त ब्रह्माण्डीय घटना पत्ता लगाउन एक्स-रे पोलाराइजेसन डिटेक्टर राखिएको छ । यी स्याटलाइटले थ्रीडी डिजिटल ट्विन डेटा तयार गर्न सक्छन् भने त्यसलाई इमर्जेन्सी रेस्पोनस्, गेमिङ र पर्यटन जस्ता उद्देश्यका लागि प्रयोग गर्न सकिने एडीए स्पेसले जनाएको छ ।

‘साउथ चाइना मर्निङ पोस्ट’का अनुसार अन्तरिक्षमा निर्माण हुने यस सुपर कम्प्युटरले सञ्चारको समय बचत गर्छ । साथै परम्परागत स्याटलाइट प्रसारणको ढिलाइ र सीमित ब्यान्डविथको समस्यालाई सम्बोधन गर्ने बताइएको छ ।  हार्वर्ड विश्वविद्यालयका अन्तरिक्ष इतिहासकार तथा खगोलशास्त्री जोनाथन म्याकडोवेलका अनुसार अर्बिटल डेटा सेन्टर (अन्तरिक्षको डेटा केन्द्र)ले सौर्य ऊर्जा प्रयोग गर्न सक्छन् । साथै तिनीहरूले आफ्नो ताप अन्तरिक्षमा विकिरण गर्न सक्नेछन् । यसले गर्दा ऊर्जा आवश्यकता कम हुने र कार्बन फुटप्रिन्ट पनि घट्ने म्याकडोवेले द भर्जलाई सुनाए ।  म्याकडोवेलले भविष्यमा अमेरिका र युरोपले पनि यस्तै परियोजना सञ्चालन गर्न सक्ने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी
लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन
कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो
दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ
धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै