हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

सारांश

  • करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।
  • उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ ।
  • चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो ।

  २५ चैत,  मकवानपुर ।

करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो ।

उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिनुभयो । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो । हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक
यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक
कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि