Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

सारांश

  • करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।
  • उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ ।
  • चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो ।

 

  २५ चैत,  मकवानपुर ।

करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो ।

उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिनुभयो । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो । हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
युएई पठाइदिन्छु भनी ठगी गर्ने  एक जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू