संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा

सारांश

  • वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै तमलोपाले जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा गाडेको हो ।
  • तमलोपाका केन्द्रीय सदस्य ईश्वर पण्डित नेतृत्वका तमलोपा कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा गाडेका हुन् ।
  • विरोधमा सहभागी मलोपा केन्द्रीय सदस्य विभा ठाकुरले मधेसी जनताको विरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपूरो रहेको बताइन् ।

३ असोज ,जनकपुरधाम महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको विरोधमा जनकपुरधाममा कालो झण्डा गाडेको छ ।वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै तमलोपाले जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा गाडेको हो । तमलोपाका केन्द्रीय सदस्य ईश्वर पण्डित नेतृत्वका तमलोपा कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा गाडेका हुन् । विरोधमा सहभागी मलोपा केन्द्रीय सदस्य विभा ठाकुरले मधेसी जनताको विरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपूरो रहेको बताइन् ।उनले सम्पूर्ण नेपालीका माग सम्बोधन नभएसम्म वर्तमान संविधानलाई यथास्थितिमा स्वीकार नगर्ने बताइन् ।मधेसी जनतामाथि संविधान जबरजस्ती लादिएको भन्दै उनले अपूरो कुराको विरोध गरिरहने तमलोपाका नेतृ बिन्दु ठाकुरले बताइन् ।

तमलोपा अहिले मधेश प्रदेशमा सत्ता सहयात्री दलका रुपमा रहेको छ । यता केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई पनि तमलोपाले समर्थन गरेको छ । मधेशवादी दलहरूले पटक पटक सत्तामा गएर पनि संविधानको विरोध गर्न छाडेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरीमाना
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरीमाना
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह