धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति

सारांश

  • कैलालीको धनगढीमा आगलागी भएको छ ।
  • त्यहाँको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छ ।
  • आगो आइतबार साँझ टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको थियो ।

८ पुस, काठमाडौं । कैलालीको धनगढीमा आगलागी भएको छ । त्यहाँको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छ ।

आगो आइतबार साँझ टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको थियो । त्यसपछि अन्य तीनवटा पसलमा फैलिएको हो । आगलागीबाट समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९/१० लाख रुपैयाँ बराबर क्षति भएको बताइएको छ । यस्तै सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।

यसैगरी दीपेन्द्रप्रसाद पन्तले सञ्चालन गरेको अर्जुन आर्ट्समा अन्दाजी ८/९ लाख र मजिबुल अन्सारीले सञ्चालन गरेको लबली टेलरमा ४/५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति। 
बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति।