आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
४३ पटक हेरिएको
Shares
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

सारांश

  •   हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
  • सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ ।
  • महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ ।

२२ भदौ, काठमाडौं । 

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । यता बिहानैबाट काठमाडौं उपत्यका लगायतका छिमेकी जिल्लाहरुमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ
ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा