भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
६२ पटक हेरिएको
Shares
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला

सारांश

  • रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ ।
  •  जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला परेको हो ।
  • फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।

२८ भदौ, काठमाडौं ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिहरूलाई राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
रुसी आक्रमणमा  युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
लगानी बोर्डको सीईओमा यांकी नियुक्त
लगानी बोर्डको सीईओमा यांकी नियुक्त
कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै
कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे