मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

सारांश

  • मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।
  • आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
  • विपक्षमा भने २४ मत परेको छ ।

६ पुस, जनकपुरधाम ।

मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।

सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए । सुरुमै रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
राजावादीको समूह बानेश्वर प्रवेश गर्न खोज्दा तनाव
राजावादीको समूह बानेश्वर प्रवेश गर्न खोज्दा तनाव
टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने
टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने
एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित
एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
समिति गठन गरेर ४० सहकारीको नियमित र आकस्मिक अनुगमन गर्दै महानगर
समिति गठन गरेर ४० सहकारीको नियमित र आकस्मिक अनुगमन गर्दै महानगर
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार