Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
४४ पटक हेरिएको
Shares
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

सारांश

  • मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।
  • आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
  • विपक्षमा भने २४ मत परेको छ ।

 

६ पुस, जनकपुरधाम ।

मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।

सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए । सुरुमै रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ
एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
वित्तीय विवरणको असर सेयर बजारमा, घट्यो नेप्से
वित्तीय विवरणको असर सेयर बजारमा, घट्यो नेप्से
पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना, एक व्यवसायीको मृत्यु
पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना, एक व्यवसायीको मृत्यु
रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच अझै बेपत्ता
रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच अझै बेपत्ता
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित