पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी

सारांश

  •   ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पोखरामा निर्माणाधिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको निरीक्षण गरेका छन्।
  •   आइतबार भवन निर्माणस्थलको अनुगमन गर्दै उनले भवन निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त गरेका हुन्।
  • मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका छन्।

२८ मंसिर, पोखरा । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पोखरामा निर्माणाधिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको निरीक्षण गरेका छन्।  आइतबार भवन निर्माणस्थलको अनुगमन गर्दै उनले भवन निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त गरेका हुन्। मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका छन्।

अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएकोप्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए। उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए। उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए। यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए।

पोखरामा निर्माणाधिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन।  माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको भवनको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ। तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ।  शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक) मा निर्माण गर्न लागिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा
नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा
काठमाडौं अदालतमा रवि लामिछानेको बयान
काठमाडौं अदालतमा रवि लामिछानेको बयान
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई बुझाए ध्यानाकर्षणपत्र
पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई बुझाए ध्यानाकर्षणपत्र