Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं अदालतमा रवि लामिछानेको बयान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौं अदालतमा रवि लामिछानेको बयान

सारांश

  • काठमाडौंको स्‍वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा लामिछाने सहित ३९ जना विरुद्ध पुस ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
  • त्यति वेला लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा थिए।
  • जिल्ला अदालत, कास्कीले ६५ लाख धरौटीमा रिहा गरेको थियो।

 

२८ पुस,  सहकारी ठगी मुद्दामा जिल्ला अदालत, काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान भइरहेको छ।काठमाडौंको स्‍वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा लामिछाने सहित ३९ जना विरुद्ध पुस ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

त्यति वेला लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा थिए। जिल्ला अदालत, कास्कीले ६५ लाख धरौटीमा रिहा गरेको थियो। त्यसपछि उनी आइतबार बिहान जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका हुन्। जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भइरहेको स्रेस्तेदार रामु शर्माले बताए।यस मुद्दामा आज लामिछानेको मात्रै बयान भइरहेको छ। बयान सकिएपछि थुनछेक बहस हुने शर्माले जानकारी दिए। “बयान सकियो भने आजै थुनछेक बहस हुन्छ,” उनले भने।

स्रेस्तेदार शर्माका अनुसार सामान्यतया यस्तो मुद्दामा थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा बस्ने वा नबस्ने तय हुन्छ। त्यतिन्जेल प्रहरी हिरासतमा बस्नुपर्छ। “बयान सकियो र थुनछेक बहस भयो भने त टुंगो लागिहाल्छ। यदि समय पुगेन भने प्रहरी हिरासतमा बस्नुपर्छ,” स्रेस्तेदार शर्माले हिमालखबरसँग भने, “इजलासबाट छुट्टै आदेश भयो भने हिरासतमा बस्नुनपर्ने पनि हुन सक्छ। अहिले केही भन्न सकिन्न।”

जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ अपचलन भएको उल्लेख छ। यो सहकारीबाट पनि गोरखा मिडिया नेटवर्कमा रकम लगेको आरोप छ। जसमा लामिछाने र गोरखा मिडियाका अध्यक्ष जीबी राईले सहकारीको पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा खुलाइएको छ। यो मुद्दामा यसअघि पक्राउ परेका दुई जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि कमल लामा र सुनीता नेवा धरौटी राखेर छुटेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिनमा ४ हजार ५०० बढ्यो सुन
चार दिनमा ४ हजार ५०० बढ्यो सुन
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने
सरकारबाट बाहिर जान सक्छौं : गगन थापा
सरकारबाट बाहिर जान सक्छौं : गगन थापा
लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी
लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी