प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् ।
  • गुप्ता बालुवाटार पुगिसकेका छन् ।
  • घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएका हुन् ।

३० असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । गुप्ता बालुवाटार पुगिसकेका छन् । घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएका हुन् । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएको छ ।

कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो । उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ