संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै

सारांश

  • संसदको दुबै सदनको संयुक्त बैठक बस्नुअघि राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
  • राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
  • आजको बैठकमा उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन)नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यक्रम छ।

५ जेष्ठ, काठमाडौं। संसदको दुबै सदनको संयुक्त बैठक बस्नुअघि राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन)नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यक्रम छ।

https://press4k.com/

यस्तै ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ संशोधन मस्यौदा समितिमा राष्ट्रियसभा सदस्यहरूको मनोनयनसहित समिति’ गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि छ। यसैगरी आजको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

https://press4k.com/

यस्तै ‘कोभिड ११९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।आज अपराह्न ४ बजे संघीय संसद् भवन (नयाँ बानेश्वर) मा दुवै सदनको बैठक बस्दै छ। जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको आगामी नीति तथा कार्य प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी
सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड
यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैन : प्रचण्ड
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैन : प्रचण्ड