राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् ।
  • राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन् ।
  • विहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउदैँ उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने  र रिहाइका लागि कानूनी एवम राजनीतिक दुवै लडाइलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको बताए ।

४ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् । राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन् । विहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउदैँ उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने  र रिहाइका लागि कानूनी एवम राजनीतिक दुवै लडाइलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको बताए ।

उनले भने, ‘उपत्यका भित्रका सबै वडा तहसम्म सबै नेताहरु पुग्ने र संगठनलाई अझै बलियो बनाउने निर्णय पनि गरेका छौं । कार्यक्रमलाई आन्दोलन केन्द्रीत बनाउने निर्णय भएको छ । पार्टीका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेको निर्दोष मानिसलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी र राजनीतिक दुवै लडाईलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको छ ।’ यस्तै, उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए ।

उनले भने, ‘आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने निर्णय गरेको छ । त्यस क्रममा पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’ राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द
चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
पाल्पामा ७ सय ११ हेक्टर जंगल डढेलोले सखाप
पाल्पामा ७ सय ११ हेक्टर जंगल डढेलोले सखाप
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा
प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा