Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
  • मंगलबार काठमाडौंको एक प्यालेसमा बसेको आन्दोलन मूल समितिको बैठकले यस्तोनिर्णय लिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
  • उनका अनुसार, राप्रपा आजैबाट आन्दोलनमा होमिएको छ ।

 

१२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंको एक प्यालेसमा बसेको आन्दोलन मूल समितिको बैठकले यस्तोनिर्णय लिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनका अनुसार, राप्रपा आजैबाट आन्दोलनमा होमिएको छ ।

त्यस्तै, विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ । ‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने । तयस्तै, राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा राप्रपाले समर्थन गर्ने पनि उनले बताए ।

‘राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुुनुपर्‍यो त्यसमा समर्थन गर्ने,’ लिङ्देनले भने । आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गरिएको उनले जानकारी गराए । ‘आजबाट राप्रपा पूर्ण रुपमा आन्दोलनमा होमियो,’ लिङ्देनले भने । उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामा घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
मोरङमा टिपरको ठक्करबाट महिलाको मृत्यु
मोरङमा टिपरको ठक्करबाट महिलाको मृत्यु
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव
मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक