Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
५८ पटक हेरिएको
Shares
जाजरकोटमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते

सारांश

  • सोमबार बिहान करिब साढे ११ बजेको समयमा बाग ५ ख १८९२ नम्बरको गाडी दुर्घटनामा परेको हो।
  • जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी मध्यपहाडी राजमार्ग कुदु नजिकै दुर्घटनामा परेको हो।
  •  दुर्घटनामा परेर १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

 

२६ कार्तिक, जाजरकोटमा फोर्स गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान करिब साढे ११ बजेको समयमा बाग ५ ख १८९२ नम्बरको गाडी दुर्घटनामा परेको हो।

जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी मध्यपहाडी राजमार्ग कुदु नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परेर १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुदूमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था मध्यम रहेको छ।  गाडी सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?