कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

सारांश

  • नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
  • घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो ।
  • तर, सुनुवाइ हुन सकेको थिएन ।

१९ चैत, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ चलिरहेको हो ।

सर्वोच्चले दुवै रिटलाई प्राथमिकता दिएको छ । चुडाल र पाण्डेयको इजलासले अन्य सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा पठाएको छ । यो इजलासमा ४२ वटा मुद्दा पेशीमा रहेकामा सबै ४१ मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा पठाइएको छ । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।

सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् । यसअघि गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि अदालत बोलाउने आदेश गरेको थियो भने दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
सिन्धुलीमा खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु
सिन्धुलीमा खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश