सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
४५ पटक हेरिएको
Shares
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

सारांश

  • नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
  • घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो ।
  • तर, सुनुवाइ हुन सकेको थिएन ।

 

१९ चैत, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ चलिरहेको हो ।

सर्वोच्चले दुवै रिटलाई प्राथमिकता दिएको छ । चुडाल र पाण्डेयको इजलासले अन्य सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा पठाएको छ । यो इजलासमा ४२ वटा मुद्दा पेशीमा रहेकामा सबै ४१ मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा पठाइएको छ । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।

सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् । यसअघि गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि अदालत बोलाउने आदेश गरेको थियो भने दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी होइनन् : प्रहरी
धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी होइनन् : प्रहरी
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ 
हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ 
दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन
दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन
जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख
संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय